दफा ४१
गुनासो व्यवस्थापन समिति
(१) विशेष आर्थिक क्षेत्रभित्र स्थापित उद्योगहरुमा काम गर्ने कामदार वा कर्मचारीहरुको सेवा, शर्त, सुविधासँग सम्बन्धित गुनासो व्यवस्थापनको लागि प्रत्येक विशेष आर्थिक क्षेत्रमा देहाय बमोजिम एक गुनासो व्यवस्थापन समिति रहनेछ M–
(क) सम्बन्धित विशेष आर्थिक क्षेत्र कार्यालयको वरिष्ठ अधिकृत – संयोजक
(ख) सम्बन्धित विशेष आर्थिक क्षेत्रभित्रका लगानीकर्ताहरुको
तर्फबाट एकजना प्रतिनिधि – सदस्य
(ग) सम्बन्धित विशेष आर्थिक क्षेत्रभित्रको मजदुर संगठनहरुको
तर्फबाट एकजना प्रतिनिधि – सदस्य
(२) उपदफा (१) बमोजिमको गुनासो व्यवस्थापन समितिमा गुनासो पेश गर्ने र सुनुवाई गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिमको समितिले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र श्रम अदालतमा पुनरावेदन दिन सक्नेछ र श्रम अदालतको निर्णय अन्तिम हुनेछ ।